Aamsanchar

मेचीनगरमा साक्षरता दिवस विविध कार्यक्रम

Author Image
बिहिवार, भदौ २३, २०७९

धुलावारी।  विहीबार ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’‐‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’) भन्ने मुख्यः नारासहित ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रमका साथ देशभर मनाइएको छ । यसै अवसरमा झापाको मेचीनगर नगपालिकामा पनि विविध कार्यक्रमका साथ यो दिवस मनाईएको छ ।

मेचीनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाले धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसिज प्रतिष्ठान भवनमा कार्यक्रम आयोजना गरेको थियो । सम्मान तथा पुरस्कार वितरण, साँकृतिक कार्यक्रमसहित दिवस मनाईएको हो ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । नेपालमा तत्कालिन राजा विरेन्द्रले विक्रम सम्वत २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो ।

युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यता र नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थी र संघ संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशसभा सदस्य मैनालीले संघ संस्था सम्मान अन्तर्गत नेपाली सेनाको चारआलीस्थित श्री नयाँ श्रीनाथ गण मेचीनगर—१३ र रोटरी क्लब अफ मेचीनगर—६ लाई सम्मान गर्नुभएको थियो । गणको सम्मान सेनानी अभिशेक विष्ट र क्लबको अध्यक्ष सुजन प्रधानले ग्रहण गर्नुभएको थियो ।

चन्द्रमणि क्षेत्री, जगन्नाथ भण्डारी, गोमा सुबेदी, विजयप्रसाद देव, रुपा लुईँटेल, मुरलीधर कोइराला, भक्तराज खड्का, भद्रमणि दाहाल, हरिप्रसाद गिरी, अमर परियार, यामकुमारी खड्का, कमला कार्की, दीपक ढुंगाना, गोविन्द डाँगी र घनश्याम घिमिरेसहित १५ जना अवकास प्राप्त शिक्षकहरुलाई समेत प्रमुख अतिथि प्रदेशसभा सदस्य मैनालीले सम्मान पत्र ढाकाको टोपी र खादा पहिर्याएर सम्मान गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले सामुदायिक विद्यालयतर्फ २०७८ सालको नगर स्तरीय परीक्षा कक्षा ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने जनता मावि मेचीनगर—३ की छात्रा मान्यता दाहाल तथा अरनिको मावि मेचीनगर—७ की विजय तामाङ्गलाई नगदसहित सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

संस्थागत छात्रातर्फ होलीबेल माविका दीपा श्रेष्ठ, यूनाईटेडका आस्था अर्याल प्रसुशा हुमागाईँ, झापा नेश्नलका प्रकृति राउत,आदर्श विद्या मन्दिरका अंकतिा अधिकारी, स्मृति तामाङ्ग, दन्तकाली माविका बन्दना सुबेदीलाई उपप्रमुख उप्रेतीले सम्मान गर्नुभएको थियो । संस्थागत छात्रतर्फ आदर्श रिजाल, मञ्जिल राई,रुपेश भुजेल विराज न्यौपाने, दिपेश आचार्य, प्रशान खतिवडा, आभास आचार्य, विराज प्रसाई र उज्जवल भुजेललाई सम्मन गरिएको थियो ।

श्री सरस्वती बालकल्याण माविका छात्र रुपेश भट्टराई तथा धुलावारी माविका छात्रा गरिमा निरौलाई सामुदायिक विद्यालयतर्फको २०७८ सालको एईई सम्मान प्रदान गरिएको थियो । छात्रातर्फ इष्टहोराइजनका दिप्ती जैन र होलीवेलका छात्र सेविस निरौलालाई विशिष्ट अतिथि उपप्रमुख उप्रेतीले संस्थागत विद्यालयतर्फको २०७८ सालको एईई सम्मान प्रदान गर्नुुभयो । यसैगरी, नगरका सक्रिय राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले अवकाश प्राप्त कर्मचारीहरु मायादेवि घिमिरे, सन्तबहादुर मगर, कृष्णप्रसाद अधिकारी, नेत्रप्रसाद खतिवडा, दलबहादुर दाहाल, किरण तामाङ्ग र जयप्रसाद दाहाललाई सम्मान गरेका थिए । कार्यक्रममा अवकास प्राप्त बालविकास सहजकर्ता बासनकुमारी राजवंशीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गदैं नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अवकास प्राप्त शिक्षक हेमकुमार खड्का, धर्मराज कटुवाल, कुबेर गुरागाईँ, तारा गौतम, सोमबहादुर आचार्य, पूणीसहं सोङ्मेन, खड्गबहादुर राई, तिलकबहादुर धिमाल, मीनाकुमारी कार्की, शान्ता पौडेल, हरिप्रसाद कुईकेल, शान्ति श्रेष्ठ र टंकनाथ गौतमलाई सम्मान पत्र र ढाकाको टोपी पहिर्याएर सम्मान गर्नुभयो ।

नगरप्रमुख बुढाथोकीले सामुदायिकतर्फ उत्कृष्ट कर्मचारी र विद्यालय सम्मान सामुदायिक विद्यालय आदर्श मावि मेचीनगर—८, कर्मचारीतर्फ शहिद दशरथ चन्द मावि मेचीनगर—१३ का नरबहादुर श्रेष्ठ, बाल विकास सहजकता श्री सरस्वती बाल कल्याण मावि मेचीनगर—१२ का धनकुमारी घिमिरे, विद्यालय व्यवस्थापन अध्यक्ष सोहि विद्यालयका सूर्यप्रसाद सापकोटा, उत्कृष्ट बाल क्लब मेचीनगर—१० धुलावारी मावि, उत्कृष्ट गुरुकूल मेचीनगर—१२ को श्री माधवसंस्कृत वेदद्यिाश्रम गुरुकूललाई सम्मान गर्नुभएको थियो ।

संस्थागततर्फ उत्कृष्ट विद्यालय मेचीनगर —१३ को एन्जेल्स मावि, शिक्षक अरुणेदय मावि मेचीनगर—६ का परशुराम रिजाल, कन्भेट मावि मेचीनगर—१० विन्दिया तिरुवा, कर्मचारीतर्फ दुर्गा मावि मेचीनगर—१२ का गोपाल कार्की, सूर्याेदय मावि मेचीनगर—६ का पद्मादेवि घिमिरे र शिक्षक सुप्रभा मेचीनगर—१५ का जीवन कट्टेल समेत सम्मानित हुनुभयो ।

कार्यक्रममा भरतकुमार दाहाल, हरिप्रसाद गौतम, कमला पौडेल, चन्द्रकुमार कार्की, बिमला खड्का, हरिकुमार ओली, युवनकुमार पौडेल, डिल्लीराम भण्डारी, तुलसीप्रसाद निरौला, विनोद खनाल, भोलानाथ गौतम, प्रेमबहादुर खड्का, विष्णुमारी राउत, माधवप्रसाद सापकोटा, निर्मला राजवंशी, मञ्जु भट्टराई, शारदा घिमिरे, पूर्ण बासुमतारी, हरिप्रसाद रिमाल, अग्निप्रसाद घिमिरे, सीता गौतम, विष्णुमार श्रेष्ठ र भगिरथ भण्डारीलाई शिक्षक सम्मान प्रदान गरिएको थियो । डालिमरोशन काश्यप, टेकनाथ बजगाईँ र आशिका लिम्बुलाई मरोणापरान्त सम्मान गरिएको थियो ।

नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले सञ्चालन तथा शिक्षा अधिकृत पवित्रा ढकालले शब्दमार्फत स्वागत गर्नुभएको थियो भने धुलाबारी माविका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा निजी शिक्षण संस्थाहरुकोतर्फबाट डम्बर रुचाल, पेशागत संस्थाकोतर्फबाट नेपाल शिक्षक महासघका अध्यक्ष लेखनाथ पौडेल, नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु खेमराज पोखरेल, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, राप्रपा जिल्ला सदस्य अस्मिता खरेललगायतले बोल्नुभएको थियो । होलीबेल मावि, इष्टहोराइजन मावि, हिमालयन मावि, झापा नेश्नल माविले झाँकीसहित नृत्य प्रस्तुत गरेका थिए भने, शिक्षा शाखा मेचीनगरका प्रास लक्ष्मीप्रसाद दाहालले गीत प्रस्तुत गर्नुभएको थियो । साँस्कृति कार्यक्रममा सहभागी विद्यालयलाई मेचीनगर नगरकार्यपालिका सदस्य हिर्दय राजवंशीसहितका अतिथिले सहभागितााके प्रमाण पत्र प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)