बिर्तामोड । साउण्ड सिस्टम व्यवसायी संघ नेपाल को चौथो केन्द्रिय अधिवेशन बाट अध्यक्षमा विनोदकुमार कठेत पुन : सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । कठेत पुराना साउण्ड व्यवसायी नेशनल साउण्ड सिस्टम बिर्तामोडका सञ्चालक हुन् ।
हिजो झापाको दमकमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा कठेत लगायत कार्यसमितिका पदाधिकारी सदस्यहरू पनि सर्वसम्मत चारवटा क्षेत्र विभाजन गरिएको संघको संरचना अन्तरगत उपाध्यक्षहरू चुनिएका छन् । संघको उपाध्यक्षमा रोहित ओली, मोहन मगर, लोचन यादव र प्रवीन साह चयन भएका हुन् । त्यसैगरी सचिव पेम्वा छेवाङ्ग, कोषाध्यक्ष अमृत पौडेल, सहसचिव ताराकुमार श्रेष्ठ रहेका छन् ।कार्यसमिति सदस्यहरूमा श्यामकुमार यादव, रोशन मिश्र र विनोद मेहता चयन भएका छन् ।
दुई बर्षे कार्यकाल रहने सङ्घमा यस पटन धेरै पुरानै पदाधिकारीहरूले जिम्मेवारी पाएका छन् ।
संस्थाका अध्यक्ष विनोदकुमार कठेतको अध्यक्षतामा आयोजित अधिवेशनको खुल्ला सत्रमा दकम नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष विमल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव पेम्वा छेवाङ्गले गरेका थिए ।