Aamsanchar

यूएस ओपनकाे उपाधि जिते १९ बर्षिय कार्लोसले

Author Image
सोमवार, भदौ २७, २०७९

काठमाडौं – यूएस ओपन टेनिस पुरुष एकलको उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन्।  गएराति राति नर्वेका कास्पर रुडलाई ३–१ को सेटमा हराउँदै कार्लोसले उपाधि जितेका छन्। अल्कारेजको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।

यो जितसँगै तेस्रो वरीयताप्राप्त अल्कारेज विश्व नम्बर एक बन्न सफल भएका छन्। १९ वर्षीय अल्कारेजले पाँचौँ वरीयताका रुडलाई ६–४, २–६, ७–६ (७÷१), ६–३ को स्कोरमा हराएका हुन्।

यससँगै अल्कारेज २००५ मा राफेल नडालपछि ग्राण्ड स्लामको उपाधि जित्ने सबैभन्दा कान्छो खेलाडी पनि बन्न सफल भएका छन्।

विजेता अल्कारेजले रुसका ड्यानियल मेदभेदेभलाई शीर्ष वरीयतामा प्रतिस्थापन गरेका छन्। यससँगै एटीपीको ४९ वर्षको वरीयता इतिहासमा शीर्ष वरीयतामा पुग्ने कान्छो खेलाडी बन्न सफल भएका छन्।

फाइनलअघि अल्कारेजले लगातार तीन खेलमा पाँच सेट खेलेर जित हासिल गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर