Aamsanchar

भरत विश्रान्तिमा रोटरी क्लब बिर्तामोडको रोप्ने, फुलाउने, फलाउने र ख्वाउने कार्यक्रम

Author Image
सोमवार, भदौ २७, २०७९

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड र रोट्याट्रक क्लब बिर्तामोडको संयुक्त आयोजनामा फलफूल तथा अन्य रुखका बिरुवाहरू रोप्ने काम भएको छ ।

रोटरीले आज (सोमबार) झापाको बिर्तामोड विराटपोखर स्थित भरत विश्रान्ति आश्रम परिसरमा रहेको दुई बिघा क्षेत्रफलमा पहिले रोपिएका बिरुवाको गोडमेल र थप नयाँ बिरुवाहरू रोपेको हो ।

उक्त ठाउँमा विगतको वर्षमा रोटरीले नै बिरुवा रोपेको थियो । अरु संघ सस्थाहरूले कार्यक्रमका लागि बिरुवा रोप्ने र त्यसपछि फर्केन नहेर्ने गर्दा बिरुवाहरू मर्ने र मासिने गरेको छ, तर हामीले रोपेको बिरुवालाई हरेक वर्ष गोडमेल र मरेका बिरुवा हटाएर नयाँ बिरुवा रोप्ने काम गर्दै आएका छौं, यसैगरी बिरुवाहरूको हेरचाहा गरेर  रोप्ने, फुलाउने, फलाउने र ख्वाउने उद्देश्य रोटरीले राखेको अध्यक्ष ओमकृष्ण विमलीले बताए । उनले भने ‘बिभिन्न जातका आँप, लिच्ची ,जामुन, कटहर, रक्त चन्दन, फडिर, सफेदा,अमला लगायतका बिरुवा रोपिएको छ ।’

यस वर्ष  एजि राधिका गुरुङले केही बिरुवा उपलब्ध गराएका हुन् । बिरुवा गोडमेल, रोपण कार्यक्रममा रोटरी डाईरेक्टर हरु मीनप्रकाश मैनाली, निर्मल भट्टराई, डा। सन्ध्या राठी, र भावी अध्यक्ष प्रकाश शिवाकोटी, रोटरियन, रोट्यक्ट्रर र सामाजिक अगुवा हर्कलाल गिरीलगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 604

प्रतिक्रिया (०)

सम्बन्धित खबर