Aamsanchar

मेला हेर्न गएकी महिलाको शव अर्धनग्न अवस्थामा बाँसको झाडीमा फेला

Author Image
मङ्गलवार, भदौ २८, २०७९

जनकपुरधाम  – मेला हेर्न भनी घरबाट निस्किएकी महिलाको शव धनुषाको शहिदनगर नगरपालिका–३ यदुकूहास्थित बाँसको झाडीमा फेला परेको छ ।

सोमबार साँझ साढे ५ बजेको समयमा मेला हेर्न भनी घरबाट निस्किएकी महिलाको शव मंगलबार बिहान स्थानीयले नहर डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

धनुषाको शहिदनगर नगरपालिका–३ यदुकूहा बजार टोलकी महिला हुन् । शवको प्रकृति हेर्दा अर्धनग्न देखिएपनि घाँटी थिचेर हत्या गरी फालेको देखिएको प्रहरीले बताएको छ। अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने, ‘महिलाको शव अर्धनग्न अवस्थामा भूइँमा घोप्टो फेला परेको छ, तर घटना अघि के भएको थियो,  यकिनका साथ भन्न सकिने अवस्था छैन् । थप कुरा पोष्टमार्टम रिर्पोट आएपछि मात्र थाहा हुन्छ ।’

प्रहरीका अनुसार शव फेला परेको ठाउँमा अहिले प्रहरीले घेरा हालेको छ। धनुषा प्रहरीका प्रहरी उपरीक्षक बसन्त रजौरेसहितको टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेको छ।

यदुकूहाको बजार टोलमा इन्द्र पूजाको अवसरमा लागेको मेला हेर्न निस्किएकी महिला मृतक भेटिएपछि अनुसन्धानको क्रममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘अबेरसम्म घर नफर्केपछि बुहारी खोज्न मेलामा गयौं तर त्यहाँ नभेटेपछि, मेलामा नाच थियो । नाच सकिएपछि आफैं घर आउछ, भन्ने आशमा रात गुजार्‍यौं, तर बिहान–बिहानै  शव भेटिएको खबर पाएको परिवारका एक सदस्यले बताए।

यदुकूहामा इन्द्र पूजाको अवसरमा मेला लागेको थियो । मृतकको घरदेखि केही दूरीमा रहेको स्कुलमा सोमबार राति नाच (सांस्कृतिक) कार्यक्रम थियो ।
मृतक महिलाकी ३ वर्षीया एक छोरी र श्रीमान् छन्। श्रीमान् चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा बाहिर छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
7
+1
23
Views: 1393

प्रतिक्रिया (०)

सम्बन्धित खबर