Aamsanchar

युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको गाडी दुर्घटना

Author Image
बिहिवार, भदौ ३०, २०७९

किभ : युद्धग्रस्त राष्ट्र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की चढेको गाडी दुर्घटना भएको छ।

राष्ट्रपति जेलेन्स्की युद्धग्रस्त क्षेत्र खार्किभबाट किभ फर्किरहेका थिए। फर्कने क्रममा विपरित दिशाबाट आएको गाडीसँग बिहीबार बिहान उनको गाडी ठोकिएको जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले जानकारी दिए।उनका अनुसार राष्ट्रपति जेलेन्स्की दुर्घटनामा परी सामान्य घाइते भएका छन्। उनका प्रवक्ताले जेलेन्स्कीलाई कहाँ चोट लागेको भने बताएनन्। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ।

Views: 370

प्रतिक्रिया (०)

सम्बन्धित खबर