Aamsanchar

आजकाे माैसम पुर्वानुमान

Author Image
शुक्रवार, भदौ ३१, २०७९

काठमाडौं : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा शुक्रबार धेरै पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यी प्रदेशका थोरै स्थानमा उच्च वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

कतै भने हल्कादेखि मध्यम वर्षा हुनेछ । राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ। अहिले बिहान देशभरको मौसम सामान्यतया बदली  रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई  स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२