Aamsanchar

३६ वर्षीया आमाको हत्या गरेको आरोपमा २१ वर्षीय छोरा पक्राउ

Author Image
शुक्रवार, भदौ ३१, २०७९

काठमाडौं – धनुषामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर