Aamsanchar

मोरङ : १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रकरणका आरोपित ८ वर्षपछि पक्राउ

Author Image
शुक्रवार, भदौ ३१, २०७९

विराटनगर : मोरङको केराबारीमा किशोरीमाथि सामूहिक बलात्कार गरिएको घटनामा संलग्न एक जना पक्राउ परेका छन्।

किशोरीमाथि सामूहिक बलात्कार भएको आठ वर्षपछि केराबारी गाउँपालिका-८ का ३१ वर्षीय अशोककुमार भनिने गिरिजा बस्नेत पक्राउ परेका हुन्।

बस्नेतसहित ३ जनाले १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विद्यालयबाट घर फर्कदै गरेकी किशोरीलाई २०७१ साल जेठ ९ गते तीन जनाले मोटरसाइकलमा राखी जंगलमा पुर्‍याएर बलात्कार गरेका थिए।

घटनामा संलग्न प्रकाश थापा त्यतिबेलै पक्राउ परे। दुईजना फरार थिए। घटनाको आठ वर्षपछि बस्नेत पक्राउ परेका छन्।
अर्का एकजना अझै फरार छन्। सामूहिक बलात्कार घटनामा प्रहरीले चलाएको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते तीन जनालाई नै जनही १३ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

अदालतले दोषी ठहर गरे पनि घटनामा संलग्न दुईजना कैद तथा जरिवाना भुक्तान नगरिकन फरार थिए।

बस्नेतलाई भने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा खटिएको टोलीले केराबारीबाट पक्राउ गरेको हो।

बस्नेतलाई पक्राउ गरेर बिहीबार पेश गरिएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अझैसम्म फरार रहेका एक जना प्रतिवादीको खोजी जारी राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर