Aamsanchar

बैंकहरुले निक्षेपको ब्याजदर बढाए

Author Image
शनिवार, असोज १, २०७९

काठमाण्डाै – बैंकहरुले आजदेखि निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले ६ महिनापछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका हुन् ।

सबै वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले बढेको छ । जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२ दशमलव १३ प्रतिशत, संस्थागतमा १० दशमलव १३ र रेमिट्यान्समा १३ दशमलव १३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

केही वाणिज्य बैंकहरुले भने ३ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव ०३ प्रतिशत, संस्थागतमा १० दशमलव ०३ प्रतिशत र रेमिट्यान्समा १३ दशमलव ०३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै, विकास बैंकहरुले ब्याजदर बढाएका छन् । विकास बैंकहरुले ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज दिने भएका छन् । फाइनान्स कम्पनीहरुले पनि व्यक्तिगत मुद्दती निक्षेपमा १३ दशमलव ४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११ दशमलव ४७ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर