Aamsanchar

वीरता जेसीजको सप्ताह शुरु, दुर्घटना न्यूनीकरण महाअभियानले पायो निरन्तरता

Author Image
आइतवार, असोज २, २०७९

बिर्तामोड । यस वर्ष नेपाल जेसीजको मिसन सकारात्मक परिवर्तन सिर्जना गर्न युवाहरूलाई सशक्त बनाउने विकास अवसरहरू प्रदान गर्न र युवा सक्रिय नागरिकहरूको अग्रणी विश्वव्यापी नेटवर्क हुन। भन्ने भिजनलाई सार्थक बनाउन लागि पर्दै आएको वीरता जेसीजको वार्षिक कार्यक्रम जेसीज सप्ताह आइतबारबाट शुरु भएको छ । नेपाल जेसीजको स्थापना दिवसको अवसर पारेर जेसीज सप्ताह शुरु गरिएको हो ।

जेसीज सप्ताह अन्तर्गत वीरता जेसीजले गर्दै आएको दुर्घटना न्यूनीकरण महाअभियानलाई यस बर्ष पनि निरन्तरता दिईएको छ । वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षता तथा संस्थापक अध्यक्ष राष्ट्रिय सभाका साँसद गोपालकुमार वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक विकास वस्नेतले स्वागत र कानूनी सल्लाहकार प्रकाश सुवेदीले आस्थावाचन गरेका थिए ।

वीरता जेसीजले दुर्घटना न्यूनिकरण कार्यक्रम विगत ५ बर्ष देखि हरेक बर्ष गर्दै आएको छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , निवर्तमान प्रमुख धुव्रप्रसाद शिवाकोटी, वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेल, दुर्घटना न्यूनीकरण महाअभियानका अभियन्ता मदनगोपाल सुव्वा, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अशोककुमार जवेगू, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडलाई दाताले उपलव्ध गराएको प्राथमिक उपचार किट प्रदान गरिएको थियो भने विभिन्न सवारीसाधनका चालकलाई खादा लगाएर सम्मान गर्नुका साथै व्याग समेत प्रदान गरिएको थियो । त्यस्तै पाँच सय भन्दा वढी सवारीसाधनमा दुर्घटना न्यूनीकरण सम्वन्धी सचेतनामुलक स्टीकर टाँसिएको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

त्यस्तै जेसीज सप्ताह अन्तर्गत जेसीज स्तम्भको अनावरण गरिएको छ । वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षता तथा पूर्व अध्यक्ष राजेन्द्रप्रसाद चम्लागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका तालिम संयोजक जनक खड्काले स्वागत गरेका थिए । कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष मिजाश पोखरेल , निवर्तमान अध्यक्ष राजीव धिमाललगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

त्यस्तै जेसीज सप्ताह अन्तर्गत स्वीमिङ प्रतियोगिता गरिएको थियो । बिर्तामोडस्थित हवि स्वीमिङ पुलमा भएको प्रतियोगितामा १५ जनाभन्दा वढीको सहभागिता रहेको थियो । वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षता तथा पूर्व अध्यक्ष मिजाश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक युवराज कुँवरले स्वागत गरेका थिए । प्रतियोगितामा नसिव मगर प्रथम, योगेन थापा दोश्रो र आकाश श्रेष्ठ तेश्रो भएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।
जेसीज सप्ताह अन्तरगत सोमबार बिहान छ बजे मिनि साइक्लिङ र्याली र विहान आठ बजे डस्टविन वितरण हुने भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 405

प्रतिक्रिया (०)