Aamsanchar

झापामा सञ्चालनमा आयो निजी लगानीको  इन्जिनियरिङ कलेज, विद्यार्थीको लाखौं रुपैंया जोगिने सञ्चालकको दावी 

Author Image
सोमवार, असोज ३, २०७९

बिर्तामोड । धार परिवर्तन भएको १२ वर्षमा खोलो फर्किन्छ भन्ने उखान रहेको छ । त्यस्तै झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११– स्थित बिर्तामोड बस पार्कमा स्थापना भएको पाथिभरा इन्जिनियरिङ कलेजले १२ वर्ष पछि सम्बन्धन पाएको छ ।

सञ्चालनका लागि तयारी अवस्थामा रहेको कलेजले सम्बन्धन प्राप्त गरेको सोमवार (आज) कलेजमा आयोजित पत्रकार भेटघाटका क्रममा जानकारी दिईएको छ । कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको हो ।

सम्बन्धन प्राप्तसँगै कलेजमा सिभिल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङका कक्षा सञ्चालन हुने कलेजका अध्यक्ष युवराज प्रसाईँले बताए । झापामा इन्जिनियरिङका लागि सम्बन्धन प्राप्त हुनु झापावासीका लागि खुसीको कुरा भएको उनले बताए ।

राजनीति र नीतिगतहमा रहेका हरूले समयमा काम नगरी दिएकोले यतिका वर्ष कलेज सञ्चालन हुन नसक्दा झापा लगायत साविक मेची अञ्चलका विद्यार्थीहरूले करोडौं रुपैयाँ भारत लगायतका ठाउँमा रकम खर्च गर्नु पर्यो ।  अब धेरै खर्च गरेर सिभिल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ शिक्षा लिनका लागि काठमाडौं र अन्य मुलुक जानु पर्ने बाध्यता टरेको अध्यक्ष प्रसाईँले बताए । अध्यक्ष प्रसाईँका अनुसार अन्य स्थानमा भन्दा शुल्क पनि कम हुनेछ । प्रसाईँले खुसी हुँदै भने पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, अग्नि खरेल, उद्धव थापा, देउमान थेवे, हरिचरण शिवाकोटी लगायतका नेताहरूले सहयोग गर्नु भयो, त्यसैगरी सञ्चार क्षेत्र र सामाजिक व्यक्तिबाट सकारात्मक सहयोग प्रात भएकाले ढिलै भएपनि कलेजले सम्बन्धन ल्याउन सफल भएको उनले बताए ।

कक्षा सञ्चालनका लागि दुईवटा भवन र ४० वटा कक्षा कोठा तयार रहेको कलेजका सिइओ अनुज पराजुलीले जानकारी दिए । सिइओ पराजुलीका अनुसार विद्यार्थीले आगामी कार्तिक ७ गतेसम्म आवेदन फारम भर्नु पर्ने र कलेजमै सम्पूर्ण भौतिक पूर्वाधार भएकाले कार्तिकको अन्तिम साताबाट इन्ट्रान्स हुनेछ । इन्जिनियरिङ कलेजका लागि आवश्यक सम्पूर्ण उपकरण र सामाग्री साथै अनुभवी शिक्षक तथा शिक्षिका भएकाले आगामी मङ्सिरदेखि कक्षा शुरु हुने कलेजका सिइओ पराजुलीले बताएका छन् । चार वर्षे कोर्षको लागि विषयगत ४८ जना मात्र विद्यार्थीले सिट पाउने उनले बताए ।  

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 481

प्रतिक्रिया (०)