

झापा – झापाको शिवसताक्षी १० मा भएको कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा स्थित दुधे – माइधर खण्डमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । बा १४ च ९१०८ नम्बरको कार अयन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

मृतक सुनसरी घर भएका भनिए पनि उनीहरूको पहिचान खुल्न सकेको छैन । घाइते तीनै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको छ । दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 139

