

विराटनगर । मोरङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने चुनावको लागि चुनाव परिचालन समिति गठन गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष माधव प्रसाद आचार्यको अध्यक्षतामा बसेको विस्तारित बैठकले अध्यक्ष आचार्यकै अध्यक्षतामा २ हजार १ जना सदस्य रहेको जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको हो ।


उक्त समितिमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य, प्रदेश पदाधिकारी र सदस्य, जिल्ला सल्लाहकार, पदाधिकारी र सदस्य , क्षेत्र र प्रादेसिक, महानगर, नगर, गाउपालिका समिति, वडा समिति, वर्गीय संगठन का संयोजकहरू रहने गरि जिल्ला निर्वाचन परिचालन मुल समिति गठन गरिएको छ । त्यसैगरि जिल्ला निर्वाचन परिचालन उपसमिति को संयोजकत्वमा बिनय श्रेष्ठ, आर्थिक समितिमा पवन सुराना, प्रचारप्रसार समितिमा पुजेस कोईराला, साथै जिल्ला अनुगमन समितिमा केन्द्रीय महामन्त्री प्रहलाद प्रसाद साह को संयोजकत्वमा अनुगमन समितिहरू गठन गरिएको जिल्ला सदस्य कमल आचार्यले जानकारी दिए ।

उत्त कार्यक्रम पार्टीका केन्द्रीय सहप्रवक्ता दिनेश साह को प्रमुख आथित्यता रहेको थियो ।

