Aamsanchar

आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि पर्चा पम्प्लेट लिएर प्रहरीहरू गाउँ शहरमा 

Author Image
बुधवार, असोज ५, २०७९

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि पर्चा पम्प्लेट बितरण तथा माइकिङको माध्यमबाट जन मानसमा सचेतना फैल्याउने कार्यको थालनी गरेको छ । 

यही असोज २ गते देखी १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुबाट आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमको शुभारम्भ भए सँगै प्रदेश प्रहरी कार्यालय विराटनगरले तराईका जिल्लाहरूमा चेतना मूलक सूचना सामग्रीहरू बितरण गर्ने कार्यको थालनी गरेको हो । 

प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्यालयको अटो टेम्पोमा प्रहरी कर्मचारी खटाई पहिलो चरणमा झापा मोरङ र सुनसरी जिल्लाका ग्रामीण इलाकाहरू सम्म पुग्ने गरी आजैबाट चेतना मूलक माइकिङ गर्ने काम र  पर्चा पम्प्लेटहरू बितरण गर्ने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर