Aamsanchar

फेसबुकमा ‘सुसाइड नोट’ लेखेर सम्पर्कविहीन बने पत्रकार

Author Image
बुधवार, असोज ५, २०७९

झापा । सामाजिक सञ्जालमा ‘अलबिदा’ लेख्दै उदयपुरका पुराना पत्रकार विदुर कटुवाल सम्पर्कविहीन भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज बिहान ९ बजे आफूले मृत्यु रोजेको भन्दै लामो स्ट्याटस लेखेर उनी सम्पर्कविहीन भएका हुन् ।

श्रीमतीसँग छोडपत्रको सन्दर्भ उल्लेख गर्दै भावुक स्ट्याटस लेखेका कटुवालको त्यसपछि मोबाइलसमेत अफ रहेको छ । ‘बाबाले मामुलाई डिभोर्स दिनुभयो भन्ने हल्ला तिमीले सुन्नुभन्दा बाबा मर्नुभयो भन्ने खबर नै ठीक हुन्छ होला छोरा’, छोरालाई सम्बोधन गर्दै उनले लेखेका छन् ।

उनी सम्पर्कविहीन हुनुको कारण पारिवारिक लफडा भएको स्ट्याटसका जनाएका छन् । उनले स्ट्याटसमा, ‘डिभोर्सको पेपरमा ल्याप्चे लगाएर कायरता देखाउनुभन्दा मृत्यु नै रोजें प्रिय, ‘मिस यु’ भनेर श्रीमतीलाई सम्बोधन गरेका छन् ।

आज बिहान ९ बजेको समयमा श्रीमतीलाई पहिलेको कुरा सम्झाउँदै उल्लेख गरेका छन्, ‘प्रिय’ ‘ तिमीलाई मैले मर्न मन लाग्छ भनेको थिएँ । मर मर भन्थ्यौ । अब मर्छु । बाँच्दिनँ खुशी हुनु ।’

सामाजिक सञ्जालमा लेखेर बेपत्ता भएका पत्रकारको अहिले प्रहरीले खोजी गरिरहेको छ । नेपाल पत्रकार महासंघले पनि यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ ।

‘सामाजिक सञ्जालमा स्ट्याटस लेखेपछि उहाँ सम्पर्कमा हुनुहुन्न । अहिले पनि खोजी कार्य जारी छ’, पत्रकार महासंघका महासचिव रोशन पुरीले भने, ‘प्रहरीलाई हाई अलर्टमा रहेर खोजी गर्न हामीले भनेका छौं ।’

लामो समयदेखि क्रियाशील पत्रकारितामा रहेका उनी हाल नयाँ पत्रिकामा आबद्ध थिए । नयाँ पत्रिकाको उदयपुरबाट संवाददाता रहेका कटुवाल केही समयअघि काठमाडौं आएका थिए । उनी काठमाडौंको बानेश्वर क्षेत्रबाटै सम्पर्कविहीन भएको जनाइएको छ । नेपाल प्रेसबाट साभार

मुख्य लिंक

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)