Aamsanchar

आमाको हत्या गर्ने अभिनेता रायन ग्रान्थमलाई जन्मकैदको सजाय

Author Image
शुक्रवार, असोज ७, २०७९

काठमाडौं – आफ्नी आमाको हत्या गरेको आरोप लागेका हलिउड अभिनेता रायन ग्रान्थमलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेटफ्लिक्सको चर्चित शो रिवरडेलमा देखिएका रयान ग्रान्थमले ६ महिना अघि अदालतसमक्ष हत्या स्वीकार गरेका थिए । अहिले उनलाई जन्मकैदको सजाय सुनाइएको हो । अदालतको आदेश अनुसार रायनले अब जीवनभरी बन्दुक चलाउन सक्दैनन् । साथै उनी १४ वर्ष जेल बसेपछि पनि पेरोलमा रिहा हुन सक्ने छैनन् ।रायनलाई जन्मकैद

क्यानडाको भ्यान्कुभरस्थित ब्रिटिश कोलम्बिया सर्वोच्च अदालतले रयान ग्रानथमलाई सजाय सुनाएको हो । मार्च २०२० मा रायनले आफ्नी ६४ वर्षकी आमालाई गोली हानेर हत्या गरेका थिए । उनकी आमा बारबरा वेट पियानो बनाइरहेका बेला रायनले उनलाई गोली हानेका थिए । सिबिसीको रिपोर्ट अनुसार न्यायाधीस क्याथलिन केरले अदालतको निर्णय सुनाउँदै यो दुर्घटनालाई दुःखद, मन तोडिदिने र जीवन बर्बाद पारिदिने घटना बताए ।

रायनले आमालाई गोली हानेको भिडियोसमेत बनाएका थिए । गो प्रो क्यामरामा बनाइएको यो भिडियोमा आफ्नी आमा बारबरा वेटको मृत शरीर नजिकै उभिएर अभिनेताले आफ्नी आमाको हत्या गरेको स्वीकारेका थिए । भिडियोमा उनले भनेका थिए, ‘मैले उनको टाउको पछाडि गोली हानेको हुँ । पछि उनलाई थाहा भएको थियो कि गोली मैले हानेको थिएँ ।’

प्रहरीको बयान अनुसार आमाको हत्या गरेपछि रायनले बियर र गाँजा किनेका थिए । त्यसपछि उनले मोलोतोव ककटेल बनाउने कोसिस गरे र नेटफ्लिक्स हेरे । यति गरेपछि उनले आफ्नी आमाको शवलाई एउटा कपडाले ढाकेर सुत्न गए । भोलिपल्ट उठेपछि उनले आफ्नी आमाको शवको चारैतिर मैन बत्ती बाले । त्यसपछि उनी दोस्रो हत्या गर्न निस्किएका थिए ।

त्यसपछि रयान ग्रानथम आफ्नो गाडीमा तीन लोडेड गन, मोलोटोव ककटेल, गोलाबारुद, क्याम्पिङको सामान र ओटावाको रिडो कटेजको म्याप राखेका थिए । उनको योजना क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई मार्नु थियो । जस्टिन र उनको परिवारे रिडो कटेजमा बस्छन् । पछि रायनले प्रहरी समक्ष आफू प्रधानमन्त्रीको हत्या गर्न निस्किएको स्वीकार गरे । यसबारे उनले आफ्नो डायरीमा पनि लेखेका थिए ।

रयानले केही बेर ट्रुडोको घरतर्फ पनि यात्रा गरेका थिए । त्यसपछि उनले आफ्नो स्कूल साइमन फ्रेजर युनिभर्सिटीमा सामूहिक गोली चलाउने बारे पनि सोचे । यद्यपि, उनले यीमध्ये केही पनि गरेनन् र सिधै भ्यान्कुभर प्रहरीमा गएर आत्मसमर्पण गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर