Aamsanchar

कांग्रेसको समानुपातिक बन्दसूची यस्तो छ

Author Image
आइतवार, असोज ९, २०७९

काठमाडौं : नेपाली कांग्रेसले कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।

बन्दसूचीको १ नम्बरमा विमलेन्द्र निधि रहेका छन्। यस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाण पत्नी मन्जु खाणसम्मको नाम समाविष्ट छ।

उक्त बन्दसूची सार्वजनिक भएसँगै शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । आफूहरुको तर्फबाट न्यून संख्यामा मात्र समानुपातिक उम्मेदवार परेको भन्दै कोइराला समूहले सच्चाउन दबाब दिएको छ। निर्वाचन आयोगले आज बन्दसूची सच्चाउने अन्तिम दिन भनेको छ।

 

Views: 389

प्रतिक्रिया (०)

सम्बन्धित खबर