Aamsanchar

हराएको पाँच दिनपछि महिलाको शव फेला

Author Image
सोमवार, असोज १०, २०७९

बागलुङ – असोज ६ गतेदेखि सम्पर्कविहीन भएकी बागलुङ नगरपालिका–३ निवासी मंगलादेवी शाक्यको पाँच दिनपछि आज शव फेला परेको छ।

घरबाट एक्कासी सम्पर्कविहीन भएकी शाक्य बागलुङ नगरपालिका–१ लाम्पाटा स्थित निरयघाट जाने बाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सामान्य बिरामी रहेकी शाक्य ६ गते बिहान घरबाट निस्किएको परिवारले जनाएको छ।

घरबाट निस्किएकी शाक्य लामो समयसम्म नफर्केपछि खोजी कार्य गर्ने क्रममा रामरेखा स्थित लाम्पाटा नजिकै भीरमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए।

‘बाटोभन्दा केही तल शव फेला परेको देखिएकाले उहाँ लडे जस्तो देखिन्छ, थप अनुसन्धान हुँदै छ’, थापाले भने। शव कानूनी प्रकृया पुर्‍याएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
3
+1
1
+1
15
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर