Aamsanchar

भाेलि रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने

Author Image
मङ्गलवार, असोज ११, २०७९

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा मिसिने भएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछि वरियता दिने निश्चित भएपछि उनी राप्रपा प्रवेश गर्न लागेका हुन्।

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच बुधबार काठमाडौंमा एकता घोषणा समारोह हुने प्रवक्ता मोहन श्रेष्ठले बताए। उनका अनुसार घोषणा सभा राष्ट्रिय सभागृहमा भोलि दिउँसो १२ः३० बजे हुनेछ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि अध्यक्षबाट राजीनामा दिएका मिश्रले सोमबार पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर