Aamsanchar

ब्राउन सुगरसहित बिर्तामोडकाे पाथिभरा टोलबाट ३ जना पक्राउ

Author Image
बुधवार, असोज १२, २०७९

बिर्तामोड– झापा प्रहरीले अलग–अलग स्थानबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड–५ पाथिभरा टोलबाट तीनजना पक्राउ परेका छन् भने एक जनालाई मेचीनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१३ ग्राम ब्राउनसुगरसहित इलाम माइनगरपालिका–२ का २२ वर्षीय केबिन्द्र गोले, सोही ठाउँका २७ वर्षीय गोम्बु
दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका–५का ३२ वर्षीय सन्त लिम्बु पक्राउ परेको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले गएराति उनीहरुलाई समातेको हो । उनीहरु अनारमनी प्रहरीको हिरासतमा राखिएका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका रामेछापका ३० वर्षीय बिजय लामा पनि लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

मेची पुल नजिकबाट लामालाई प्रहरीले ७५ ग्राम ब्राउनसुगरसहित समातेको हो । लामाका साथमा नेपाली १० हजार रुपैयाँ पनि भेटिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 399

प्रतिक्रिया (०)

सम्बन्धित खबर