सर्वियाको बेलग्रेडमा आयोजना भएको आईएसएफ वल्ड स्कुल बास्केटबल च्याम्पियनसिप २०२२ मा सहभागी भएको नेपाली बास्केटबल टोली प्रिमियर इनटरनेशनल आईबि कन्टइनियम स्कुलले फेयर प्ले अवार्ड जितेको छ।
‘हाम्रा विद्यार्थीहरूले आफ्ना सबै खेलहरूमा साहस का साथ भाग लिए र प्रतियोगिताबाट फेयर प्ले ट्रफी घर ल्याए। हामी सबै खेलाडीहरू, प्रशिक्षक सदिश प्रधान र हाम्रा विद्यार्थीहरूलाई यात्रामा साथ दिने सबै अधिकारीहरूलाई गर्वका साथ बधाई दिन्छौं। हामी पक्का छौं कि यो विश्वव्यापी एक्सपोजरले हाम्रा विद्यार्थीहरूलाई धेरै फाइदा पुर्याएको छ र जीवनभरका लागि सम्झनाहरू सिर्जना गरेको छू प्रिमियर इन्टरनेशनल आईबि कन्टइनियम स्कुलका चेयर म्यान बसन्त थापाले भने।
‘यो अवार्ड अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत दिइने अवार्ड हो, यो अवार्ड सहभागिता टिमको भोटिङ बाट प्राप्त गर्ने अवार्ड हो ।राम्रो खेल र अनुशासनलाई मुल्याङकन गरेर दिइने यस अवार्डे नेपाल लाई प्रतिनिधित्व गरेको टीम ले जितेकोमा खुसी र हर्षित छु’ आईएसएफका कार्य समिति सदस्य र प्राविधिक कमिसनका अध्यक्ष एवं नेपाल स्कुल स्पोर्ट्स महासङ्घका सचिव राजकुमार कार्कीले भने।
जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने जाने टोलीमा टिम प्रशिक्षकमा सदिश प्रधान रहेका थिय । यस्तै खेलाडीहरूमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्ज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् । अफिसियलमा भुपेन्द्र शमशेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका थिए।
उक्त टिम प्रिमियर इनटरनेशनल आईबि कन्टइनियम स्कुलले राष्ट्र को प्रतिनिधित्व गरेको थियो।
प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ मा हुने कार्यक्रम रहेको थियो।
यस पुरस्कार समारोहमा आईएसएफका अध्यक्ष ,महसचिब हरुको उपस्थिति रहेको थियो।