काठमाडौं – शुक्रबार थप दुई सय रुपैयाँले सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप दुई सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँ पुगेको हो ।यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।