Aamsanchar

२० वर्षीय छोराकाे हत्या गरि फरार रहेका बाबु पक्राउ

Author Image
शुक्रवार, असोज १४, २०७९

बर्दिया – आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।थारुले आफ्नै २० वर्षीय छोरा बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका थिए । थारुलाई आज बिहान बर्दियाको ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर