Aamsanchar

सन्दिप लामिछाने असोज २० गते नेपाल फर्किने

Author Image
शनिवार, असोज १५, २०७९

काठमाडौं – बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले आफू यही असोज २० गते नेपाल फर्किने बताएका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै आफू कानुनी लडाइ लड्न २० नेपाल फर्किने बताएका हुन्।

उनले आफूलाई लागेको झुटा आरोपसँग कानुनी प्रक्रियाबाट अगाडि बढ्न नेपाल फर्किएर आत्मसमर्पण गर्न लागेको बताएका छन्। उनले भने, ‘ठूलो आशा र शक्तिसहित मलाई लागेका झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न अक्टोबर ६  नेपाल आउँदै छु ।’

उनले आफू निर्दोष भएकोले कानुनले निस्पक्ष न्याय दिने कुरामा विश्वास भएको बताएका छन्।

लामिछानेउपर प्रहरी वृत्त गौशालामा जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको थियो। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा  लामिछानेउपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

सन्दीप लामिछानेलाई विमानस्थलबाटै पक्राउ गर्ने र प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया सुरु गर्ने  भनिएपनि उनी विगत केही समयदेखि विदेशमा नै बसेका थिए।सन्दिपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट निलम्बित गरेको थियो। प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर