Aamsanchar

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

Author Image
आइतवार, असोज १६, २०७९

धरान – सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व मेयर तथा एमाले सुनसरीका पूर्वअध्यक्ष द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन।

आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा चौधरीले एमाले परित्याग गरी माओवादी पार्टीमा प्रवेश गरेका हुन। चौधरीलाई दाहालले माओवादी पार्टीमा स्वागत गर्दै खादा लगाएर पार्टी प्रवेश गराएका थिए।

माओवादी प्रवेश गरेका चौधरीले एमाले पार्टीलाई केपी ओलीले शही नेतृत्व गर्न नसकेको र एमालेमा खराब प्रवृत्ति हाबी भएका कारण एमाले परित्याग गरी माओवादी प्रवेश गरेको बताए।

उनले एमाले अध्यक्ष ओलीले मधेस र मधेसी जनताको विरुद्द लागेर मधेसलाई अपमान गरेको पनि आरोप लगाएका छन।

चुनावको मुखमा चौधरीले एमाले परित्याग गरेपछि एमालेलाई सुनसरी क्षेत्र नम्बर २ मा अपूरणीय क्षति हुने भएको छ। चौधरी समुदायको बाहुल्य क्षेत्र रहेको सुनसरी क्षेत्र नम्बर २ (क) मा उनलाई माओवादीले उम्मेदवार बनाउने चर्चा चलेको छ।

चौधरीले भने आफू झापामा केपी ओलीसँगै चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्। उनले माओवादीले टिकट दिए ओलीलाई झापामा चुनाव हराउने आफूसँग तागत रहेको बताए।

Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर