Aamsanchar

कुटपिटबाट १ जनाको मृत्यु घटनामा संग्लग्न ३ जना पक्राउ

Author Image
आइतवार, असोज १६, २०७९


सुनसरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का ७० बर्षीय खटर सवरियाको कुटपीटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानिय ४५ बर्षिय प्रमिला मण्डल, ३३ बर्षिया गुडी मण्डल र २१ वर्षीय देवनन्दन मण्डल रहेका छन् ।उनिहरुले बृद्दलाई शनिवार बिहान कुटपीट गरेको र सोही कारणले मृत्यु भएको भन्ने खवर प्राप्त भए सँगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटीएर घटनामा सग्लग्न तीन जनालाई नै पक्राउ गरेको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर