Aamsanchar

कोल्ड ड्रिंक्स धेरै पिउँदा के हुन्छ ?

Author Image
आइतवार, असोज १६, २०७९

काठमाडौं –गर्मीयाममा कोल्ड ड्रिंक्स धेरैको रोजाइमा पर्नेगर्छ, विशेषगरी दसैँ, तिहार लगायतका चाडबाडमो यस्ता खानेकुराको प्रयोग धेरै हुने गरेको छ ।

तर, स्वास्थ्यका दृष्टिकाेणले काेल्ड ड्रिंक्स त्यति लाभदायक हुँदैन । तत्कालका लागि स्वादिलो र शीतल हुने भएपनि यसले पार्ने दीर्घकालिन असर धेरै भएको अध्ययनहरूले देखाएका छन् ।

विशेषगरी कोल्ड ड्रिंक्समा पाइने फोस्फोरिक एसिड र चिनीको मात्राले शरीरमा नकारात्कमक असर पुर्‍याउँछ । यस्ता पेय पदार्थमा हुने सोडा, र चिनीको मात्राले शरीरको तौल बढाउने गर्दछ भने यसमा हुने ग्लुकोजको अधिक मात्राले कलेजोमा फ्याटी लिभरको सम्भावना बढाउँछ ।

त्यस्तै, कोल्ड ड्रिंक्समा पाइने फोस्फोरिक एसिडले हड्डीमा भएको क्याल्सियमलाई ह्रास गराउँदै लैजाने, तुहाउने काम गर्दछ, जसको असरस्वरूप हड्डी खिइने समस्या निम्तिनसक्ने क्लिनकल न्युट्रेसनिस्ट प्रतिमा सेन बताउँछिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर