Aamsanchar

दशैं मनाउन पत्नीसहित झापा आइपुगे ओली

Author Image
सोमवार, असोज १७, २०७९

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। अध्यक्ष ओली दशैं मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन्।

अध्यक्ष ओलीले मंगलबार झापामा दशैं तिहार, छठ लगायतका पर्वहरुको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन्।  उनले यसपटक टीका झापामै ग्रहण गर्ने कार्यक्रम छ।

झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टीकाको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टीका ग्रहण गर्ने कार्यक्रम छ। त्यसैदिन अध्यक्ष ओली काठमाडौं फर्किनेछन्।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर