Aamsanchar

२४ वर्षीया युवतीलाई बलात्कार गरेकाे आराेपमा ७७ वर्षीय बृद्द पक्राउ

Author Image
बिहिवार, असोज २०, २०७९

डोटी : २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोरायल गाउँपालिका-२ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

श्रीधरले ती महिलालाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)