Aamsanchar

अपडेट : बारामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

Author Image
बिहिवार, असोज २०, २०७९

बिहीबार बिहान बारामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार मृत्यु हुनेको संख्या १६ पुगेको हो । यस अघि विभिन्न अस्पतालको श्रोत अनुसार १४ जना मृत्यु भएको पुष्टि भएको थियो भने भर्खरै थप दुईजना घाईतेको मृत्यु भएको छ ।

प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए ।

चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ । चितवन पठाइएका एक घाइतेको पनि मृत्यु भएको छ ।

मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये १० पुरुष र ६ महिला रहेको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाकारी दिएको छ ।

Views: 591

प्रतिक्रिया (०)