एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दैछ ।नेपाल र आयोजक भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुनेछ ।
बुधवार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो । भियतनामले पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० गोलले हराएको थियो ।
समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
छनोट अन्तर्गत नेपालले आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 238