

झापा- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई साझा उम्मेद्वारको रुपमा झापा क्षेत्र नम्वर ३ मा उठाउने तयारी भइरहेका बेला एमाले नेता डम्बर गिरी सो क्षेत्रबाट प्रतिनिधि सभाको निर्बाचनमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । गिरी हल्दिबारी गाउँपालिकाका निर्वतमान उपाध्यक्ष समेत हुन् ।
गठबन्धनका उम्मेद्वार कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र कुमार लिङ्देनले राष्ट्रिय राजनीतिमा ध्यान केन्द्रीत रहदा यस क्षेत्रको विकास नहुने भएकाले विकासका लागि भएपनि आफ्नो उम्मेद्वारी रहने गिरीको भनाई छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धेरै पुरानो नेता भएको र राप्रपाको तर्फको उम्मेदवार राजेन्द्र लिङ्देनको पनि कार्यकाल उपलब्धि मुलक नरहेको बिकास निर्माण र सांसद कोषको पैसाको हिसाब पारदर्शी नभएको उनको आरोप छ ।

स्रोतले दिएको जानकारी अनुसार समर्थकमा मोहनचन्द्र रेग्मी र प्रस्तावकमा लोकनाथ भट्टराई रहने बताइएको छ। स्थानीय चुनाब यता गिरीले क्षेत्र ३ का २८ वडाहरूका १२७ संघ संस्थासँग जोडिएर चुनावी अभियान भित्री रूपमा चलाएको र १२७ संघ र संस्थाले साथ दिने र यस पटक नयाँ संसदको रूपमा गिरीलाई साथ दिने भएका छन्।
गिरी हल्दिबारीका स्थानीय बासिन्दा हुन् । उनी राजनीतिक बाहेक समाजसेवा, संघरसंस्थाहरूमा सक्रिय तथा कुसल ब्यवसायी समेत हुन् ।



