Aamsanchar

सभामुख सापकोटाद्वारा चुनाव नलड्ने घाेषणा

Author Image
शनिवार, असोज २२, २०७९

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले मंसिर ४ गते हुने प्रतिनिधि सभामा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।  उम्मेदवारी दिने अघिल्लो दिन उनले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका हुन्। सभामुख सापकोटाले शनिबार एक वक्तव्य जारी गर्दै उम्मेदवारी नदिने घोषणा गरेका हुन्।

२०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका सापकोटा यस पटक पनि उम्मेदवारी दिने चर्चा थियो। उनी २०६४, २०७० मा संविधानसभा सदस्य रहेका थिए। उनले अब युवाहरूलाई अवसर दिन चाहेको भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने  उल्लेख गरे।

Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर