Aamsanchar

उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिवद्वारा राजीनामा

Author Image
शनिवार, असोज २२, २०७९

मोरङ – उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै सापकोटाले राजीनामा दिएका हुन् ।उनले पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्नेमा त्यस अनुसार नभएको उनको भनाइ छ । उनले लेखेका छन्, ‘यस्तो गैह्र राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकाले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रको बोधार्थ प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई समेत दिइएको छ ।

Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर