Aamsanchar

कांग्रेसले नेता डाक्टर मिनेन्द्र रिजाललाई टिकट दिएन

Author Image
आइतवार, असोज २३, २०७९

काठमाडौं : नेपाली कांग्रेसले नेता डाक्टर मिनेन्द्र रिजाललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएन। यसअघि मोरङको निर्वाचन क्षेत्र–२ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो।

यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ। मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो।

त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन्।

विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो। टिकट पाउने चारै जना कोइराला समूहका नेता हुन्।

क्षेत्र नं ४ र ५ मा भने नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ। कांग्रेस नेताद्वय महेश आचार्य र अमृता अर्यालले टिकट पाएका छैनन्।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर