

झापा- नेकपा माओवादी केन्द्रले झापा क्षेत्र नम्बर २ मा हरि रानालाई टिकट दिएको छ । उनी नेकपा एमाले त्यागेर माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

यो क्षेत्रमा धर्मशिला चापागाईंको दाबी रहँदै आए पनि यसपटक माओवादी केन्द्रले रानालाई उम्मेदवार बनाएको हो ।उनी एमालेबाट शनिश्चरे गाविसको दुई पटक अध्यक्ष बनेका थिए । उनी एक पटक अर्जुनधारा नगरपालिकाको प्रमुख पनि भइसकेका हुन् । सो क्षेत्रमा उनी निष्ठावान नेताका रुपमा चिनिन्छन् ।
Views: 254

