Aamsanchar

झापा- ५ बाट एमाले अध्यक्ष ओलीकाे मनोनयन दर्ता

Author Image
आइतवार, असोज २३, २०७९

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । ओलीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् ।

ओली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा- ५ बाट निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएका थिए भने यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ ।

झापा- ५ बाट सत्तारुढ गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । उनी २०७४ सालमा सोही निर्वाचन क्षेत्रमा ओलीबाट पराजित भएका थिए ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर