Aamsanchar

लागु औषधसहित भद्रपुरबाट दुईजना पक्राउ

Author Image
आइतवार, असोज २३, २०७९

प्रतिकात्मक तस्वीर ।

झापा । झापाको भद्रपुर नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० बर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका–३ का २० बर्षीय होमन लिम्बुलाई १ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित भद्रपुर नगरपालिका–४ डाँगीवारीबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर