

कनकाई । आसन्न मंसिर ४ गगे हुने निर्वाचनका लागि नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवेले झापा ४ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन्।

समर्थकसहित कनकाई नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थेवेले गठबन्धनका तर्फबाट मनोनय दर्ता गराएको नेपाली कांग्रेस यम भुजेलले जानकारी दिए ।

यही क्षेत्रबाट प्रदेशसभातर्फ ‘क’ मा प्रदेश कृषी मन्त्री गठबन्धन भित्रको दल माओवादी केन्द्रका झलक बहादुर दर्लामी मगर र ‘ख’ मा काँग्रेसका एक राज उप्रेतीले मनोनयन दर्ता गराएका छन्।

मगर नेकपा माओवादीका पोलिटव्यूरो सदस्य हुन् भने उप्रेती नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्।
थेवे यसअघि यहीँ निर्वाचन क्षेत्रबाट नेकपा एमालेका एलपी साँवासँग पराजित भएका थिए। मंसिर ४ को निर्वाचनमा पनि एमाले र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
एमालेले पनि पुनः दोस्रो पटक एलपी साँवा लिम्बुलाई अघि सारेको छ। राप्रपासँग झापामा तालमेल गरेको एमालेले प्रदेश ‘क’ का लागि राधा कृष्ण खनाल र ‘ख’ मा राप्रपाका प्रवक्ता भक्ति सिटौलाको उम्मेद्वारी परेको छ।
झापा ४ मा पूर्व प्रहरी सुमन सुस्केरा, खुस्वु ओली लगायतले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

