

नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ २ पैसा रहेको छ।

त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ५८ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १६ पैसा तोकिएको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ ४३ पैसा र बिक्री दर १४६ रुपैयाँ ९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।


Views: 261


