Aamsanchar

मलेसियाका प्रधानमन्त्रीले गरे संसद् विघटन

Author Image
मङ्गलवार, असोज २५, २०७९

काठमाडौं – मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन्।  सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन्।

टेलिभिजनबाट सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन्।

सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौं । जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ,’ सम्बोधनका क्रममा याकोबले भनेका छन्।

देशमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै उनले सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाएका छन्।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर