Aamsanchar

गठबन्धनका उम्मेदवारद्वारा झापा ४ मा विकासका योजना प्रस्तुत

Author Image
मङ्गलवार, असोज २५, २०७९

विकास योजना प्रस्तुत गर्दै झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देउकुमार थेबे ।

कनकाई । नेपाली कांग्रेस झापाका सभापति एवम झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देउकुमार थेबेले उत्साहका साथ निर्वाचन कार्यक्रममा लाग्न गठबन्धन दलका सम्पूर्ण कार्यकर्ताहरुलाई अनुरोध गरेका छन ।

झापा क्षेत्र नम्बर ४ को कनकार्इमा आयोजित गठबन्धन दलका नेता–कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले क्षेत्रको बिकासका योजना पनि प्रस्तुत गरे ।
समग्र झापा एवम क्षेत्र नम्बर–४ को विकास निर्माणको खाका आफुहरुले बनाइसकेको बताउँदै उनले झापा कनकार्इ सुकेडागी हुँदै दानाबारी जोड्ने सडक निर्माण गर्ने , महाभारा–दोमुखा–लारुम्बा सडक निर्माण गर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह् पर्यटन प्रबर्द्धन गरी पर्यटक भित्र्याउने, झापा, कन्काइ र शिवसतासीमा उद्योग स्थापना गर्न पहल गर्ने, शिवसतासीमा कृषि विद्यालय स्थापना गर्ने, अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने लगायतका योजना प्रस्तुत गरेका हुन ।

यसैगरी कन्कार्इ, बिरिङ, कमल बनियानी सन्का खोलालाई ब्यवस्थित तरिकाबाट तटबन्ध गरी जनताको जिउधनको रक्षा गर्ने लगायतका बिकासका योजना उनले सुनाए ।

नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति जयनारायण साहको सभापतित्वमा सप्पन्न कार्यक्रममा क्षेत्र नम्बर–४ प्रदेश क का प्रत्यासी उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा निवर्तमान कृषि मन्त्री झलकसिङ दर्लामी, प्रदेश (ख) का प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एकराज उप्रेतीले पनि आ–आफ्नो प्रदेश क्षेत्रको विकासका योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार सदस्य नारायणसिङ राजवंशी, भिम राजवंशी, भक्ती सिटौला, किरण भट्टराई, उत्तम चम्लागार्इ, रुद्र बजगाइ, महेन्द्र भट्टराई लगायत उपस्थित रहेको थियो ।
गठबन्धनमा आवद्ध कार्यकर्ताको भेलाले नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जयनारायण साहको नेतृत्वमा सबै दलको प्रतिनिधित्वमा ५००१ सदस्यीय निर्वाचन परिचालन एवम प्रचार प्रसार समिति गठन गरेको नेपाली कांग्रेस झापाका सदस्य याम भुजेलले जानकारी दिए ।

Views: 362

प्रतिक्रिया (०)