५० बर्ष नाघेका डिप्रेसनबाट ग्रस्त एक जना ब्यक्तिको बारेमा उसको श्रीमतीले एकजना मनोचिकित्सक सँग भेट्नको लागि अपोइन्टमेन्ट लिइन र उसँग भेट भएपछि उनले भनिन्छ केही दिनदेखि मेरो श्रीमान भयङ्कर डिप्रेसनमा छन्। उहाँलाई ध्यान दिएर हेर्नुहोस्।। यि सबैको कारणले गर्दा म पनि मानसिक तनावमा छु भन्ने पनि मनोचिकित्सकलाई बताइन्।
मनोचिकित्सकले काउन्सिलिङ सुरु गरे। त्यसपछि केही व्यक्तिगत कुरा सोधे र ति ब्यक्तिको श्रीमतीलाई बाहिर ओइटिङ रुममा बस्नको लागि भने।
डिप्रेसन वाला ब्यक्तिले भन्दै गए।
धेरै टेन्सनमा छु।
समस्यै समस्याले थिचिएको छु । जागिर को प्रेसर
छोराछोरीको राम्रो पढाइ लेखाइ र उनीहरु जागिरे कहिले हलान भन्ने टेन्सन।
घरको लोन।
कार को लोन।
केही मन लाग्दैन।
बाहिर बाट हेर्दा दुनियाँले मलाई ठूलो देख्छन्। तर मेरो कमिलाको जति पनि हैसियत छैन, म धेरै तनावमा छु। भन्दै उसले पुरै जीवनको किताब खोलेर राखीदिए।
तब मनोचिकित्सकले केही सोचे र भने। तपाईंले दस कक्षा सम्म कुन स्कुलमा पढ्नुभयो
डिप्रेसन ग्रस्त ब्यक्तिले आफूले पढेको स्कुलको नाम भने।
चिकित्सकले भने तपाईंले त्यस स्कुलमा जानुपर्छ। त्यहाँबाट तपाईंको दस कक्षाको विद्यार्थी साथीहरूको नामावली रजिस्ट्रर लिएर आउनुहोस्।।
डिप्रेसन ग्रस्त व्यक्ति आफूले पढेको स्कुलमा गए। रजिस्ट्रर लिएर आए। चिकित्सकले भने आफ्नो साथीहरूको नाम लेख्नुहोस् र उनीहरूलाई खोज्नुहोस् र उनीहरूको वर्तमान जानकारी लिएर आउने कोशिश गर्नुहोस्। सबै जानकारीलाई एउटा डाइरिमा लेख्नुहोस् र एक महिना पछि मलाई भेट्नुहोस्।
कुल चार पन्ना जसमा १७० विद्यार्थीको नाम थियो।। र महिनाभर दिन रात घुमे।। मुस्किलले आफ्नो १४० सहपाठीको बारेमा जानकारी एकत्रित गर्न सके ।
त्यति मध्यमा २० जना मरिसकेका थिए।
७ केटी साथीहरू विधवा र १३ जनाको सम्बन्ध विच्छेद भएको थियो।
१५ जना जडिया जुवा तास आदि उनीहरूको कुरै नगरौँ।
२० जना कहाँ छन् के गर्दै छन् थाहै भएन
५ जना यति गरिब थिए कि कुरै नगरौँ।
५ जना यति धनी थिए कुरै छाडौं।
केही क्यान्सरले पीडित , केही अपांग , डायबिटिज, मुटुको रोगी , चार पाच जना एक्सिडेन्टमा हात खुट्टा ढाडको मेरुदण्डमा चोट को कारण ओछ्यानमा थला परेका थिए।
२ देखि ३ नजाको छोराछोरी बेकामे निस्किए।
१ जेलमा थियो।
एउटा साथी ५० बर्षको उमेरमा सेटल भएको थियो त्यसैले बिबाह गर्न चाहन्थ्यो।
जब कि एउटा साथी अझै पनि सेटल भएको थिएन तर उ दुई डिभोर्सको बाबजुद पनि तेस्रो बिबाहको खोजीमा थियो।
महिना भरिमा।। दश कक्षाको सबै रजिस्ट्रर भाग्यको ब्यथा आफै सुनाइ रहेका थिए।
चिकित्सक ले सोधेस् अब भन्नुहोस् अहिले तपाईंको डिप्रेशन कस्तो छरु
।। उस ब्यक्तिले बुझिसकेका थिए कि उसलाई केही बिमारले छोएको छैन।।। उ भोकै मर्न लागेको थिएन, दिमाग एकदम सहि छ, उसको श्रीमती छोराछोरी एकदम राम्रो छन्। स्वास्थ्य छन् , उ पनि स्वास्थ्य छ, अस्पताल डाक्टरलाई झेल्नुपरेको छैन औसधि खानु परेको छैन।
उसले महसुस गर्यो कि संसारमा साच्चै नै धेरै दुस्ख छ।। र म धेरै खुशी र भाग्यशाली छु।
साथीहरू।
केही हाँसेर बोल्दिने गर्नुहोस्।
केही हाँसेर टारिदिने गर्नुहोस्।।।।
मनमा चिन्ताहरु त धेरै छन्।। केही समयलाई छोड्दिनुहोस।
आफू सँग जे छ त्यसलाई कदर गर्नुहोस्
हाँस्दै रहनुहोस , खेल्दै गर्नुहोस् , खुशी रहनुहोस र जिबनमा आइपर्ने दुख देखि नडराउनुहोस । संसार जित्न सकिन्छ ।