Aamsanchar

कार्यकर्ता घटने भएर कांग्रेस डराएको की दयालु भएको ?

Author Image
बिहिवार, असोज २७, २०७९

काठमाडौं । नेपाली कांग्रेसले पाँच वर्षे कारवाहीमा परेकाहरुलाई निर्णयमा पुनर्विचार गरी निर्णय सच्याउन असोज ३१ गते सम्मको समय दिएको छ । यो समयभित्र उम्मेदवारी फिर्ता नलिएकाहरु त्यसलाई निष्क्रिय बनाए उनीहरुमाथि लगाइएको पाँच वर्षे कारवाही फुकुवा हुने जनाएको छ ।

कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गर्दै समय दिइएको हो । कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको बताएको थियो । यदि ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने काग्रेसले जनाएको छ ।

बिहीबार जारी विज्ञप्तिमा तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय बनाउन भनिएको छ ।

असोज ३१ भित्र बागीले उम्मेदवारी निष्क्रिय बनाएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याइ फुकुवा गर्ने भनिएको छ । बागीले आफ्ना उम्मेदवारी निष्क्रिय नबनाएको खण्डमा पाँच वर्षे कारवाही यथावत रहनेछ ।

Views: 357

प्रतिक्रिया (०)