बिर्तामोड । झापाको बिर्तामोड–२ रामचोक मा रहेको आर ए ट्रेडस् अटो प्रा.लि. ले ‘पर्वोत्सव’ ग्राहक योजनासहित सुजुकी ब्राण्डका विभिन्न मोडलका कारहरू बिक्री बितरण गरिरहेको छ ।
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सीजी होल्डिङ्स को आधिकारिक डिलर रहेको आर.ए.ट्रेडस् अटो प्रा.लि. ले दशैँ तिहारमा आकर्षक ग्राहक योजना पस्किएको हो । जस अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख पचास हजार रुपैयाँ सम्म अतिरिक्त छुट पाउने छन् ।
सेल्स, सर्भिस र स्पेयर को उच्चतम् व्यवस्थापनले ग्राहकहरूलाई पूर्ण सन्तुष्टि दिनेगरी सोरुम सञ्चालनमा ल्याइने लक्ष रहेको महानिर्देशक राजेन्द्र कुमार थापाले बताए ।
सोरुम पूर्ण तयारीको काम पुरा नहुँदै गाडीहरू बिक्री हुन थालेको छ । आगामी बैशाख मा सोरुमको भव्य उद्घाटन गरिने प्रबन्धक निर्देशक अनुशील थापाले आमसंचारलाई बताए ।
सोरुमको काम धमाधम भइरहेको छ । आधुनिक र आर्कषक र सुविधा युक्त सोरुम बनाइने भएकाले काम केही ढिलो भइरहेको छ । पुष मसान्त सम्म सेल्स, सर्भिस र स्पेयरको पूर्ण सुविधा ग्राहकले पाउन सक्ने जेनेरल मेनेजर सोकेन्द्र गौतमले बताए ।
मारुती सुजुकीका गाडीहरू आर्कषक, सुलभ र सहज रुपमा सर्भिस प्राप्त हुने भएकाले धेरै ग्राहकको रोजाईमा मारुती सुजुकी गाडीहरू पर्ने गरेको छ । भारतीय कम्पनी सुजुकीको नाम पुरानो हो । यस कम्पनीले आफ्नो सफल परिचय स्थापित गरेको छ र यस कम्पनीको गाडी बिक्री गर्न पाउदा आफूलाई पनि ग्राहकको सन्तुष्टिलाई लिएर ढुक्क रहन सकेको प्रमुख व्यवस्थापक कुवेर बस्नेतको भनाई रहेको छ ।
बिर्तामोडमा करिव एक दर्जन बढीको संख्यामा विभिन्न कम्पनीका गाडीहरूको सोरुम रहेको छ । त्यसमा मारुती सुजुकीको सोरुमले आधुनिक बिर्तामोड सहर बन्ने योजनालाई सघाउ पुर्याएको छ ।