Aamsanchar

  एक युवकको हत्यामा संलग्न भई फरार रहेका अर्जुनधाराका एक व्यक्ति पक्राउ 

Author Image
बिहिवार, असोज २७, २०७९

झापा । अर्जुनधारा ११ बसपार्क एरियामा २५ वर्षिय नविन्द्र गुरुङको हत्या पछि फरार रहेका हत्या आरोपी एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नंं १० का कुमार सुब्बा भन्ने कुमार आङदाङवे रहेका छन् । उनलाई हिजो काँकडभिट्टा स्थित एक चिया दोकानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी रुगमबहादुर कुँवरले आमसंचारलाई बताए ।

फरार रहेका ति व्यक्तिलाई डिएसपी कुँवर नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो ।

दशैँको नवमीको दिन तास खेल्दै गरेको अबस्थामा पैसा हारजितको बिषयलाई लिएर भएको घटनामा संलग्न इलाम नगरपालिका वडा नं ९ स्थायी घर भई अर्जुनधारा वडा नं ११ स्थित ताप्लेजङ इलाम होटलका सचालक ३८वर्षिय इन्द्रबहादुर अधिकारी, सोही होटलका स्टाफ २१ वर्षिय अमृत आचार्य र पाँचथर फालेलुङ ७ स्थायी घर भई होटलका स्टाफ आचार्यकी श्रीमती २३ वर्षिया बिमला राईलाई असोज २० गते नै पक्राउ गरि कानुनी प्रक्रिया अघि बढाएको डिएसपी कुँवरले जानकारी दिए ।

होटलको पहिलो तलामा होटलका संचालक अधिकारी, होटलका स्टाफ आचार्य, मृतक गुरुङ र कुमार सुब्बा बिच मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अबस्थामा पैसा हारजितको बिषयलाई लिएर विवाद उत्पन्न भई झैझगडा भएको थियो । त्यसक्रममा होटल संचालक अधिकारी, होटलका स्टाफ आचार्य र फरार रहेर हिजो पक्राउ परेका कुमार सुब्बाले गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङगाको लोहोरो र चक्कु प्रयोग गरी टाउकोको पछाडि पट्टिको भागमा पटक पटक र नाकमा समेत प्रहार गरी गम्भीर घाइते बनाई सोही राति घटना ढाकछोप गर्ने मनसायले उक्त होटलबाट अचेत अबस्थाका गुरुङलाई १५० मिटर टाढा कान्तिपुर ड्राइभिङ सेन्टर अगाडिको प्लटिङ रहेको खाली जग्गाको उतरतर्फ जाने सडक बाटो किनारामा फालिएको अबस्थामा गुरुङको शव फेला परेको थियो ।

पक्राउ परेका लिम्बुलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर