Aamsanchar

आज सुनचाँदीको मूल्य

Author Image
शुक्रवार, असोज २८, २०७९

काठमाडौं – साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य शुक्रबार ५ रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 438

प्रतिक्रिया (०)

सम्बन्धित खबर