Aamsanchar

इँटाले मुखमा हानेर बसपार्कको गेष्ट हाउसमा १७  वर्षिय युवकको हत्या, तीन जना पक्राउ

Author Image
शुक्रवार, असोज २८, २०७९

विराटनगर : विराटनगर बसपार्कको गेष्ट हाउसमा एकजना   युवाको हत्या भएको छ। सिरहा गोलबजार घर भएका १७  वर्षेिय अंशु सदाको  हत्या भएको प्रहरीले जनाएको छ।

अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ। सदालाई असोज २३ गतेदेखि अपहरण गरेर सो  गेष्ट हाउसमा राखेका थिए। १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ।

प्रहरीका अनुसार मृतक  सदालाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङभित्र हालेर भाग्ने कोसिसमा थिए। प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4
Views: 547

प्रतिक्रिया (०)

सम्बन्धित खबर