Aamsanchar

विद्यालयबाट घर लैजाँदै गरेको डुंगा मेकोङ नदीमा डुब्दा आठ बालबालिकाको मृत्यु

Author Image
शुक्रवार, असोज २८, २०७९

कम्बोडियामा विद्यालयबाट घर लैजाँदै गरेको डुंगा मेकोङ नदीमा डुब्दा कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ।

सानो डुंगामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेकोस्थानीय प्रहरी प्रमुख एम थाउले बताएका छन्।

‘यो दुखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन्’, उनले भने। पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ। दुई वयस्क ,डुंगा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उनले  बताए।

एक फेसबुक पोस्टमा, प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन्। डुंगा दुर्घटनाहरु दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा सामान्य छन् । नदीको किनारमा बस्ने मानिसहरू यातायातको प्रमुख साधनको रुपमा डुंगा रहेको छ।

Views: 733

प्रतिक्रिया (०)

सम्बन्धित खबर